Uncategorizedपत्रपत्रिकाबाट

भत्किएको ढोरबराही मन्दिर जाने बाटो बाटोको अनुगमनको लागि समिति गठन

दमौली खबर सम्वादाता
जेठ ३० दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका ८ स्थित ढोरवाराही मन्दिर जाने सडक ग्राभेल गरिएको एक वर्ष नबित्दै भत्किएको छ । नगरपालिका आर्थिक वर्ष २०७५÷ ७६ को ६० लाख को लागतमा उक्त बाटो तथा नाला निर्माण गरिएको हो । केही स्थानियले भने खोलाले खोताले भत्काएका छन् भने केहीले डोजरले खन्दा भत्किएको बताएका छन् । स्थानिय चन्दकान्त भटराईले खोलाले खोल्दिएको कारण भत्किन पुगेको बताए । उनले भने, “ निर्माण गर्दा प्राविधिक त्रुटी हामीलाई थाहा भएन, जहाँ सम्म लाग्छ खोलाले खोत्तालेर भत्किएको हो । ”त्यस्तै अर्का स्थानिय दुर्गाप्रसाद भटराईका अनुसार सडक फराकिलो बनाउदाँ लाग्दा डोजरका कारण नाला भत्किएर बाटो भात्सिएको बताए । उनले भने, “नाला निर्माण गरे पछि बाटो फराकिलो बनाईयो नालामा डोजरले छुदाँ भत्किएको हो ।

” सोही विषयमा स्थानिय दिपक महतले आफनो सामाजिक संजालमा भत्किएको बाटोको तस्बिर राखेका थिए । जुनकुरा लाई नगरपालिकाले सोधपूछका लागि भन्दै उनलाई पत्राचार गरेको थियो । महतले प्राविधिकहरुको नाम समेत सार्वजनिक गरेपछि प्राविधिकद्धय सब—इन्जिनियर अविनाश गुरुङ र अभिलेख पौडेलले आफूहरुको गल्तीका कारण नभई अन्य कुराले भत्किएको दाबी गरेका छन् । नगरपालिकाले पत्रचार गर्दाको मिति अर्थात विहिबारका दिन महत नगरपालिका उपस्थित भएका थिएन् । कार्यालयका कर्मचारीको विषयसंग जोडेर सामाजिक सञ्जालमा राखिएको हुँदा सर्वपक्षिय भेलाको लागि सम्बन्धित व्यक्तिलाई पत्रचार गरिएको नगरपालिकाले जनाएको छ । बाटो निर्माण गर्दाको प्राविधिको नामको सट्टा अर्के प्राविधिको नाम जोडीएको हुनाले पत्रचार गरेको नगरपालिकाले बताएको छ ।

नगरपालिकाले उक्त बाटोको अनुगमनको लागि विहिबार समिति गठन गरेको छ । उप–प्रमुख सविता रसाईलीको अध्यक्षतामा प्राविधिक जनप्रतिनिधि लगायत अन्य सम्बन्धीत व्यक्ति समितिमा रहेका छन् । समितिलाई पाँच दिनमा अनुगमनको प्रतिवेदन प्रस्तुत गर्न निर्देशन दिईएको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए । यसैबीच स्थानिय नागरिकले सामाजिक संजाल मार्फत नगरपालिकालाई सचेत गराएको व्यक्तिलाई नगरपालिकाले ठाडो पत्र काटेको भन्दै सोही वडाको युथ क्लबले पालिकाको ध्यानकर्षण गराएको छ । स्थानिय फिर्दी यूनाईटेड युथ क्लबले प्रशासन शाखा प्रमुख लम्साललाई ज्ञापन पत्र हस्तान्तरण गरेको हो । क्लबले नगरपालिकाको ठाडो पत्रको विरोध गदै उक्त योजनामा आरोप लागेका ईन्जिनियर माथि निस्पक्ष छानबिन गर्न माग गरेको क्लबका सचिव मनोज बानिँयाले बताए ।

यसैबीच उक्त मार्गमा गुणस्तरहीन काम भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

Show More

Related Articles

Back to top button