समाचार

प्रतिनिधिसभा पुनस्थपना गरेरै छाडछुः नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनस्थपना गरेर छाड्ने बताएका छन ।नेपाली कांग्रेसको भातृ संस्थाले तनहुँको दमौलीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पुन स्थापना नै संविधान र लोकतन्त्रको रक्षा हुन सक्ने जिकिर गरे । कांग्रेस अव दुविधामा नपरे हुन्छ ।मोही माग्ने ढुग्रो लुकाउन गर्न भएन । चुनावका कुरा छाडेर प्रतिनिधि सभा पुनस्थापना नै मुख्य एजेन्डा भएको नेता पौडेलको भनाई छ ।

आम नागरिक अझै अदालतको प्रतिक्षामा बसेको बताए ।अदालतले पनि संविधान हेरेरे फैसाला हुुनुपर्ने नेताले पौडेलले जिकिर छ ।कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल लगायतले अदालतले संसद पुनस्र्थापनको पक्षमा फैसल गर्ने विश्वास व्यक्त गरे ।

Show More

Related Articles

Back to top button