दमौली खबर संवाददाता
देवघाट, वैशाख ९
नेपाल विद्यार्थी संघ देवघाट गाउँकार्यसमितिको आयोजनामा सो पालिकाका कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाइ स्वागत, विदाइ तथा बृहत सांस्कृतिक कार्यक्रम गरिएको छ ।
संघका सभापति हरि कुंवरको सभापतित्व्वमा ,प्रमुख अतिथि नेपाली काङ्ग्रेस तनहुँका सचिव लक्ष्मी भक्त खनाल ,विशिष्ट अतिथि नेपाली काङ्ग्रेस देवघाट गाउँ कार्यसमिति सभापति तथा गाउँपालिका अध्यक्ष तिल बहादुर थापा ,अन्य अतिथिहरुमा वडा न. ५ अध्यक्ष पुर्ण बहादुर कुंवर , वडा सदस्य बुद्धि बहादुर पाण्डे ,यम बहादुर मगर , नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य अर्जुन अधिकारी ,नेपाल महिला संघ देवघाट गाउँ कार्यसमिति सभापति इन्द्रमाया थापा मगर ,चितवन का पुर्व नेविसंघ सभापति सूर्य ढकाल , देवघाट युवा नेता चन्द्र देव तिवारी , विभिन्न विद्यालयका शिक्षक विद्यार्थी हरु लगायत अन्य विशिष्टजन हरुको सहभागिता र उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य उपसभापति कर्ण बहादुर गुरुङ ,कार्यक्रमको उदघाटन ब्यानर पढेर प्रमुख अतिथिले गर्नु भएको थियो । पुर्व घोषित कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाइ स्वागत तथा विदाइ कार्यक्रममा विभिन्न विद्यालयबाट १० का ११ जना , श्री कालिका मावि देवघाट ५ तनहुँका कक्षा ११ का ४४ जना र कक्षा १२ का १४ जनालाई खादा ,अबिर र सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रम को दौरानमा विभिन्न विद्यालयका छात्राहरु द्वारा सुन्दर नृत्य प्रस्तुत गरिएको थियो ।
सम्मान पत्र व्यक्त गर्ने क्रममा प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा ने वि संघ देवघाटका पदाधिकारी एवं जिल्ला कार्यसमिति सदस्य अर्जुन अधिकारी द्वारा ने वि संघ देवघाटको नेतृत्वमा गाउँपालिका कार्यालयमा पुगेर अनिवार्य नैतिक शिक्षा लागुहुनु पर्ने ,विद्यार्थीहरुको हकहितको लागि स्वास्थ्य ,शिक्षाको स्तरोन्नति का लागि व्यापक पहल भै रहेकोे जानकारी गराउनु भयो। कार्यक्रमको सहजीकरण सह सचिव सन्दीप रिमाल ले गर्नु भएको थियो ।