फिल्मि मनोरञ्जनमनोरन्जन

नेपाली गुरुङ चलचित्र युके सुईटर दमौलीमा प्रर्दशन गरिदै

गुरुङहरुको संस्कृतिमा निर्माण गरिएको नेपाली गुरुङ चलचित्र युके सुईटर दमौलीमा प्रर्दशन गरिने भएको छ । दमौलीमा पत्रकार सम्मेलन गदै उक्त फिल्मका निर्देशक गुञ्जबहादुर गुरुङले यहि शनिबार तनहँु उद्योग वाणिज्य संघमा प्रदशर्नी हुने बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले गुरुङ समुदायलाई राम्रो खालको सुझाव दिनको लागि उक्त फिल्मको निर्माण गरिएको बताए ।पयटकीय रुपमा चिनिदै आएको शुक्लागण्डकीको दगुम भूजीकोटमा सुटिङ गरिएको उनले जानकारी दिए ।तनहुँकै कलाकारहरु रहेको उक्त फिल्म गुरुङ समुदायको संस्कृति झल्काउने खालको रहेको बताए । २५ लाखमा निर्माण गरिएको उक्त फिल्म पल्टन बाट रिटाएर भएको मेजरको बारेमा रहेको छ । टिकम मुल्य एक सय पचास रुपयाँ रहेको छ । उक्त फिल्मको निमर्ता मेजर लोकबहादुर गुरुङ, गौबहादुर गुरुङ, रनमाया गुरुङ, धनमाया गुरुङ रहेका छन् । उक्त फिल्म लेकाली फिल्मस् प्रा.लिको व्यानरमा निर्माण गरिएको गलबहादुर गुरुङले जानकारी दिए ।

Show More

Related Articles

Check Also
Close
Back to top button