सम्पादकीयAll

नेपालीको पहिचान माघे सक्रान्ति

नेपालमा चाडपर्वहरु धेरै छन् । महत्वपूर्ण चाड मध्येमा पर्छ नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको माघे संक्रान्ति । यो चाड धेरै जसो नेपालीहरुले मनाउने गर्दछन् । यो चाडलाई विभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति । जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । यो चाडको महत्व धेरै भएकोले नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । संघीय सरकारले यो चाडको विदा कटौती गरेपछि धेरै विरोधको सामना गर्नु परेको थियो । त्यही विरोधले गर्दा विदा कटौती गरेपनि फिर्ता भएको छ । माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने भनाइ रहँदै आएको छ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ । माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भन्दो र मकलसहितको सीदा दाङ गरेमाबिशेष प्राप्त हुने र उक्त फल आफूले खाएमा शरीर पोषिलो हुनुका साथै रोगब्याधी नलाग्ने कुराको उल्लेख भविष्य पुराण, विश्नुबचन तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ । विविध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । क्षेत्री बाहुनले पनि आफ्नो चेलीलाई माइत बोलाएर मिठा मिठा खानेकुरा खुवाउने गर्दछन् । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । नदीमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास पनि गरिन्छ । यो चाड नेपालीको पहिचान भएकोले संरक्षणमा ध्यान दिनु आवश्यक छ ।

Show More

Related Articles

Back to top button