हेडलाईनसमाचारAll

तनहुँ २ मा २८ वर्ष पछि कांग्रेसले एमालेको किल्ला भत्कायो

दमौली खबर संवाददाता
अमरराज नहर्की
तनहुँ, मङ्सिर ७ गते । तनहुँ–२ मा २८ वर्षदेखि एमालेको गढलाई नेपाली कांग्रेसले भत्काईदिएको छ । नेपाली कांग्रेसका शङ्कर भण्डारीले भारी मतान्तरले एमालेका किरण गुरुङलाई पराजित गर्नु भएको छ ।  सत्ता गठबन्धनका भण्डारीले एमालेका गुरुङ भन्दा ५ हजार ४७४ मतान्तरले विजयी हुनु भएको हो । भण्डारीले ३० हजार ६०४ मत पाउनु भयो भने गुरुङले २५ हजार १३० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । उहाँहरु दुवै जना पूर्व वन मन्त्री हुनुुहुन्छ । यो निर्वाचन क्षेत्रमा ६८ हजार १७३ मत खसेको थियो ।
     भण्डारीलाई दोस्रो प्रयाशमा सफलता मिलेको हो । यसअघि प्रतिनिधी सभा निर्वाचनमा एमालेका केदार सिग्देलसँग भण्डारी पराजित हुनु भएको थियो । एमालेका सिग्देलले ३२ हजार ९२४ मत प्राप्त गर्दा भण्डारीले २९ हजार ६२४ मत प्राप्त गर्नु भएको थियो । २८ वर्ष अघि नेपाली कांग्रेसका अमरराज कैनीले एमालेका टुकराज सिग्देललाई पराजित गर्नु भएको थियो । त्यस पछिका सबै निर्वाचनमा एमालेले जित्दै आएको थियो ।
 कांग्रेस केन्द्रीय सदस्य भण्डारीको जन्म वि.स. २०२३जेठ १० गते भानु नगरपालिकाको पूर्कोटमा भएको हो ।   साविक पुर्कोट गाविस हाल भानु नगरपालिका वडा नं मा स्वर्गीय माता पिता दयानिधि भण्डारी दमयन्ती भण्डारीको कान्छो सुपुत्रको रुपमा भएको थियो ।
कांग्रेसी पृष्ठभूमिको परिवारमा जन्मनु भएका के.स.भण्डारी ठूलो दाजु छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थी काल देखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध हुनु भएको थियो । के.स.भण्डारी २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनु भएको थियो । वि.स.२०४० सालमा एस.एल.सी. उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि राजधानी गएपछि भण्डारी विद्यार्थी राजनीतिमा सक्रिय रुपमा सहभागि हुनु भएको थियो ।
 विद्यार्थी राजनीतिमा सक्रिय रुपमा सहभागी हुने क्रममा के.स.भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा पहिलो पंक्तिमा रहेर आन्दोलनमा सहभागी हुनु भएको थियो । त्यसक्रममा के.स.भण्डारीले लौहपुरुष सिंहको घरमा भएको पार्टीको सम्मेलनको मञ्च व्यवस्थापनको जिम्मेवारी सम्हाल्नु भएको थियो । पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै २०४६ सालमा के.स.भण्डारी २९ दिन प्रहरी हिरासतमा पर्नु भएको थियो ।
 २०४६ सालको परिवर्तन पछि पनि के.स.भण्डारी नेपाल विद्यार्थी संघको राजनीतिमा निरन्तर रुपमा सक्रिय रहनु भएको थियो । नेविसंघको राजनीतिमा सक्रिय हुने क्रममा २०४८ सालमा त्रिचन्द्र क्याम्पसमा नेविसंघको क्याम्पस इकाई सभापति र २०४९ मा स्ववियू सभापति बन्न सफल हुनु भयो ।
लामो समय विद्यार्थी राजनीतिमा सक्रिय के.स.भण्डारीले २०५३ साल देखि भने पार्टी राजनीतिमा समेत सहभागिता जनाउन थाल्नु भयो । पार्टीको राजनीतिमा सहभागिता जनाउने क्रममा २०५३ सालमा महाधिवेशन प्रनिनिधि बन्न सफल हुनु भएको थियो । साथै के.स.भण्डारीले हालका गृहमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
युवाहरु माँझ लोकप्रिय भण्डारी चितवनमा भएको तरुण दलको महाधिवशेनमा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रनु भएको थियो ।तर झिनो मतका कारण विजयी हात पार्न सफल हुनु भएको थिएन ।
तरुण दलको अध्यक्षमा विजय हात पार्न सफल नभएपनि विचलित नभईकन के.स.भण्डारी निरन्तर रुपमा पार्टी रहेर काम गर्नु भएको थियो ।
राजाको प्रत्यक्ष शासन कालमा के.स. भण्डारीको घरमा सुरक्षाकर्मीले ५ पटकमा घरमा छापा मारेको थियो भने के.स.भण्डारी २ महिना भूमिगत हुनु परेको थियो ।  के.स.भण्डारीले जनआन्दोलन भाग –२ मा समेत सक्रिय रुपमा सहभागिता जनाउनु भएको थियो ।  पार्टीको राजनीतिमा निरन्तर रुपमा सहभागिता जनाउँदै आउनु भएका भण्डारी पार्टीको १२ औं महाधिवेशनमा १९ औं नम्बरमा  केन्द्रीय कार्य समितिमा निर्वाचित हुनु भएको थियो ।
त्यसपछि केन्द्रीय सदस्य भण्डारी लगातार केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आउनु भएको छ । त्यस्तै के.स.भण्डारीले दुई पटक सम्म तरुण विभागको जिम्मेवारी समेत सम्हालि सक्नु भएको छ । २०७०को संविधान सभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित हुनु भएका भण्डारीले कांग्रेस र माओेवादी केन्द्रको गठबन्धन हुँदा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा वन तथा भू—संरक्षणमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।२०७४ सालको चुनावमा पराजित भएका भण्डारी निरन्तर गाउगाउ पुगेर जनता संग अझ चिनिनु भएको थियो । पार्टीका हरेक नेता तथा कार्यकर्ताको सुख दुःखमा साथ दिने गुण के.स.भण्डारीमा रहेको हुँदा देशभरिका नेता तथा कार्यकर्ता माँझ लोकप्रिय मानिनु हुन्छ ।
Show More

Related Articles

Back to top button