हेडलाईनसमाचारAll

चुनावको मूखैमा काँग्रेस वरिष्ठ पौडेलको अभिव्यक्ति विबादित

दमौली खबर संवाददाता
दमौली, भदौ २६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले दिएको अभिव्यक्ति रुष्ट बनेका म्याग्दे गाउँपालिका–१ का बासिन्दाले खानेपानीको मुहानै बन्द गरिदिएका छन् ।
मुहान बन्द गरिदिएपछि तनहुँको सदरमुकाम दमौलीमा खानेपानीको समस्या भएको छ । नेता पौडेलले १०९ औं बिपी जयन्तीको दिन  नेपाली काँग्रेस तनहुँको दमौलीमा गरेको जनताको साथमा काँग्रेस अभियानको पहिलो चरणको समापन सभामा गुणादी बाराही मुलको पानीमा चुना भएकोले विरामी भएको अभिव्यक्ति दिनु भएको थियो  । अभिव्यक्ति रुष्ट बनेका बासिन्दाले खानेपानीको मुहानै बन्द गरिदिएका छन् । मुहान बन्द गरिदिएपछि तनहुँको सदरमुकाम दमौलीमा खानेपानीको समस्या भएको छ ।
 सो अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक प्रचार हुन थालेपछि  आक्रोशित गुणादी बाराहीका बासिन्दाले दमौलीमा पानी वितरण हुँदै आएको खानेपानीको मुहानमा शनिबारसाँझ बन्द गरिदिएका थिए । पानी खाएर विरामी भएको भन्ने अभिव्यक्ति चुनावको मुखमा गलपासो बनेको छ । माग्दे गाउँपालिका वडा नम्बर १ का निर्वतमान वडाध्यक्ष शिवशरण वाग्ले वडावासीले दमौली बजारलाई चार दशक देखि पानी दिँदैमा सम्मान गर्नु पर्नेमा नेता पौडेलको अभिव्यक्ति अपमानजनक भएकोले पानीको मुहानै बन्द गर्नु परेको बताउनुभयो ।
नेता पौडेलले माफी नमागे सम्म पानी बन्द गरिदिने स्थानीय वासिन्दाले बताएका छन् । दमौली खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष वृषराज श्रेष्ठले स्थानीय बासिन्दालाई भेट गरी पानीको मुहान खुला गर्न आग्रह गरेपनि स्थानीय बासिन्दा नेता पौडेलले माफी माग्नु पर्ने बताएर मुहान खोल्नै नदिई फिर्ता पठाएका थिए । स्थानीय अनिल अधिकारीले सो अभिव्यक्ति सुनेपछि चिक्त दुःखेर आफैले आएर पानीको पाईपमा बुझो लगाएर बन्द गरिदिएको बताउनुभयो ।
Show More

Related Articles

Back to top button