साहित्यAll

==गजल==

गजल ?
निरू गौतम

भुल्न सकिनँ तिमीलाई यादका खात छन्
साथमा बिताएका पलका मीठा बात छन्

ब्युँझिन्छु निद्राबाट नराम्रो सपना आएपछि
अकेली बिताऊँ कसरी लामा यी रात छन्

पल्र्टाई हेर्छु पाना छ संस्कृति गिज्याइरहेको
स्वतन्त्रताको गला रेट्ने ठूला साना जात छन्

परनिर्भरताको पराकाष्ठा पतनको मार्ग जानी
चलाउँछु मिहिनेतको आरन, मसँग हात छन्

विश्वासको वगैचा सजिलै सजाउँदिनँ कहिल्यै
पाइलैपिच्छे पच्छ्याउने घात प्रतिघात छन् ।

बेलबारी १०
अनाम चौक, मोरङ

Show More

Related Articles

Back to top button