Uncategorized

कोभिड– १९ : व्यास नगरपालिकाले पाँच लाखको आपत्कालिन कोष स्थापना

दमौली खबर सम्बाददाता
चैत ५ , दमौली । तनहँुको व्यास नगरपालिकाले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका सम्बन्धमा पुर्व तयारीका लागि आपत्कालिन कोष खडा गरेको
छ ।
मंगलबार नगरपालिकाको व्यास नगरपालिका विपद् व्यवस्थापन समितिले वैठक बसि कोष खडा गरेको हो । वैठकमा आपत्कालिन कोष खडा गर्दै तत्काल ५ लाख वजेट विनियोजन गर्ने निर्णय गरेको छ । त्यस्तै चैत्र ६ गतेदखि सञ्चालन हुने व्यास नगरपालिका अन्तरगतका माध्यमिक शिक्षा उत्तीर्ण परिक्षा केन्द्रहरुमा हेल्पडेस्क सञ्चालन गर्ने र विशेष परिस्थितिमा क्वीक रेस्पोन्स टिम परिचालन गर्ने समेत निर्णय गरेको छ ।
वैठकले फेवर गन खरिद प्रक्रियालाई अघि बढाउने तथा स्यानिटाईजर खरिद गर्ने निर्णय समेत गरेको छ । यसै गरी वैठकले कोरोना भाईरसको महामारी साझा समस्या भएकोले जिल्लामा रहेको विपद् व्यवस्थापन समितिको वैठक तत्काल बस्नका लागी अनुरोध गरेको छ ।
साथै वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई कोरोना भाईरस बारे सचेतना मुलक कार्यक्रम गर्न तथा सचेत रहन निर्देश गर्ने निर्णय आग्रह गरेको छ ।
नगरपालिका भित्रको हेल्प डेस्कलाई निरन्तरता दिने समेत निर्णय गरेको व्यास न.पा विपद् व्यवस्थापन समितिका संयोजक एवं वोर्ड सदस्य चन्द्रमाया परियारले जानकारी दिइन् । परियारको सभापतित्वमा सम्पन्न भएको उक्त वैठकमा प्रदेश सांसद डोवाटे वि.क, जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्ले, नगरप्रमुख वैकुण्ठ न्यौपाने, उप– प्रमुख मीरा जोशी, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त लगाएतको उपस्थिति रहेको थियो ।

Show More

Related Articles

Back to top button