आध्यामिक शिक्षा प्रदान गरौं
सम्पादकीय
आमा र बुबाको लागि सबै भन्दा प्यारो सन्तान हुन्छन् । बुढेसकालको साहारा रुपमा सन्तानलाई विश्वास गर्छन् । पछिल्लो समय अध्यामिक शिक्षाको कमी र खराब व्यक्तिहरुको संगतले अपराध बढीरहेको छ । कतिपय अपराध त सोच्न पनि नसकिने परिवार भित्रै भएको । बुढेसकालमा राम्रोसँग पालन पोषण गर्नुपर्ने छोराले नै बुबालाई हत्या गरेको घटना यतिबेला तनहुँमा चर्चामा छ । शुक्रबार दिउँसो २ः १५ चक्कु प्रहार गरी आफ्नो बुबाको हत्या गरेको घटना सेलाएको छैन । म्याग्दे गाउँपालिका–६ घर भई हाल शुक्लागण्डकी नगरपालिका –९ घारी स्थितमा छोरीको घरमा बस्दै आएका बुबालाई हत्या गरेको आरोपमा छोरा पक्राउ परेको समाचार सञ्चार माध्यममा आयो । छोराबाट असुरक्षित भएर नै बुबा छोरीको घरमा बसेको भन्ने कुरा यो घटनाबाट देखिन्छ । सन्तानलाई कति दुःख गरेर हुर्काएका हुन्छन् बाबु आमाले तर सन्तानले त्यसको मर्म बुझेनन् भन्ने तनहुँका भएको यस्तो घटना बढ्न । देशै भरी आफ्नै सन्तानले हत्या गरेको खबर सञ्चार माध्यममा आईरहन्छ । बुबा र आमामा पनि गल्ती भएका हुन सक्छन् तर बुबा र आमाको ऋण सन्तानले तिर्न सक्दैनन् । धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको, उक्त घटनामा सङ्लग्न छोरालाई पक्राउ परेको सुन्नुपर्दा सबैलाई पीडा हुन्छ । समाजमा घटना नघट्ने होइन तर न्यूनिकरण भने गर्न सकिन्छ । त्यसको लागि आध्यामिक शिक्षा प्रदान गर्नुपर्दछ । आध्यामिक शिक्षाले मानिस जाँडरक्सी, जुवातास जस्ता कुलतबाट बच्न टेवा पुग्दछ । कुलतबाट जोगिएको मान्छेले अपराध गर्ने सम्भावना निकै कम हुन्छ । यस्तैले रोग लागेर उपचार गर्न भन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी भएकोले अपराध न्यूनिकरणको लागि नैतिक शिक्षालाई प्रदान गर्न प्राथमिकता दिनु आवश्यक छ ।