देवघाटम्याग्देबन्दीपुरव्यासभानुभिमादशुक्लगण्डकीआँबुखैरेनीऋषिङगण्डकी प्रदेशघिरिङAllकोरोनाभाइरसनगरपालिकापत्रपत्रिकाबाटस्वास्थ्य

आईसोलेशन तयारी अवस्था राख्न निर्देशन

दमौली खबर संम्बददाता
साउन २०, दमौली ।
पछिल्लो केही साता यता तनहँुमा कोरोना संक्रमण दर पुन ः बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सबै स्थानीय तहमा आइसोलेशन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । कोरोना संक्रमितको संख्या घट्दै गएपछि खाली भएर बन्द भएका आईशोलेसन पुनःतयारी अवस्थामा राख्न केन्द्रले निर्देशन दिएको हो । मङ्गलबार बसेको बैठकले सबै स्थानीय तहलाई आइसोलेशन तयारीमाराख्न निर्देशन दिदै स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गराउन समेत निर्देशन दिएको छ । खुकुलो पारिएको निषेधाज्ञामा स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोनाको जोखिम बढेको निष्र्कष निकाल्दै मापदण्ड पूर्णरुपमा पालना गर्न लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बैठकले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउन बा‘की रहेकालाई पनि तत्काल खोप लगाउने व्यवस्था मिलाउने निर्णय भएको छ ।

Show More

Related Articles

Back to top button