Allसूचना प्रविधि

अस्पतालको सेवा प्रभावकारी बनाउनु उपयुक्त कदम

दमौली खबर संवाददाता

तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएको छ । पालिका आफैले अस्पताल सञ्चालन गर्नु, अस्पतालमा उपचारको सेवा थप गर्दै लैजाने गरेर राम्रो काय गरिहेको छ । अस्पताल सञ्चालनमा आएको छोटो अवधिमै आँखा उपचार थप गरेको छ भने मृगौलाका विरामीको लागि आगामी असोज १५ गते देखि सेवा प्रदान गर्ने गरी डायलाइसिस सेवा समेत प्रदान गर्ने तयारी गरिरहेको छ । अस्पतालबाट प्रदान गरिएको सेवा प्रभावकारी होस् भनेर विद्युत सेवा अबरुद्ध भएको समयको लागि जेनेटेर समेत जडान कार्य गरेको छ ।

उपचारमा सहज बनाउन तनहुँको आँबुखैरेनी अस्पतालमा जेनेरेटर जडान गरिएको छ । यसले गर्दा विद्युत अवरोध भएको समयमा बैकल्पिक उपायको लागी जेनेटर जडानले मद्धत पुग्ने देखिन्छ । विद्युत्त नियमित्त नहुने आई हाले पनि भोल्टेज गडबडीले उपकरणहरु बिग्रिने डर अब हटेको छ । विद्युत सेवा अनियमित भएको समयमा एक्सरे सेवा प्रभात्ति हुदै आएको थियो । अब त्यो समस्या बिरामीहरुले झेल्नु नपर्ने भएको । २४ घण्टा सेवा प्रवाहको लागी जेनेटर मेसिन जडानले मद्धत पुगेको छ । त्यसो त गाउँपालिकाले गण्डकी प्रदेश सरकारको सहकार्यमा ट्रमा सेन्टर सञ्चालन ल्याउने तयारी गरेको छ । यो सञ्चालनमा आयो भने विशेष गरी राजमार्गमा हुने दुर्घटनाबाट ज्यान गुमाउनेहरुलाई संख्या कम गर्न सकिन्छ । आँबुखैरेनीको स्वास्थ्यलाई दिएको प्राथमिकता अन्य पालिकाले पनि अनुकरण गर्दा उपयुक्त देखिन्छ ।

 

Show More

Related Articles

Back to top button