हेडलाईनसमाचारAll

अर्थिक अभावमा मागेरै उपचार

मर्ने कसैलाई रहर हुदैँन्

तर, नमरेको प्रहर हुदैँन्

भागेर जाउँ कुन ठाउँ जाऊ

मान्छे नमर्ने शहर हुदैन्

गीतकार कृष्णहरी बरालले चलचित्र ‘नाई नभन्नु ल २’ का लागी लेखेको गीतका यी हरफ जस्तै छ, ३४ बर्षीया अनिता सुवेदीको जिवन कथा पनि । तीन बर्षदेखी दुवै मृगौलाले काम गर्न छाडेपछि पलपल मरेर बाँचीरहेकी छन् उनी । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी सुवेदीलाई मृगौला फेरर च्वाट्टै निको हुने मन त छ । तर, आर्थिक अभावले हप्ताको एक पटक डायलासिस गराउन पनि समस्या छ । ‘कुन शहर होला र जहाँ बिना पैसा उपचार गराएर निको हुने ?’, यस्तै सोच्छिन् घरघरी ।

रोगले अनुहार सुन्निएको छ । निको हुनलाई सुई खोप्दा खोप्दा हातमा झनै घाउ बनेको छ । तैपनि निको हुने आश मरेको छैन् । तर, आर्थिक अभावको मार बेस्सरी खेपेकी छन अनिताले ।

उनको दमौली अस्पतालमा रहेको शत्रुघन मन्जु डायलासिस केन्द्रमा हप्ताको एक पटक डायलासिस गरिन्छ । नेपाल सरकारले गरेको व्यवस्था अनुसार निशुल्क डायलासिस हुन्छ । तर, डायलासिस गरेपछि फेर्नुपर्ने रगत, औषधी र यातायात खर्च कसरी जुटाउने भन्ने चिन्ताले कहिल्यै छाड्दैन् । हप्तामा ५ हजार रुपैयाँको हाराहारीमा खर्च लाग्ने गरेको उनले सुनाईन् ।

मृगौला फेल भएको थाहा पाएदेखी बर्ष दिन जेनतेन आफ्नै खर्चमा उपचार गराएको उनले बताईन् । दुई बर्षदेखी भने निरन्तर दाताले दिएको सहयोगको भरमा अनिताको उपचार भईरहेको छ । कोही जन्मदिनमा मनाउने खर्च अनिताको उपचारलाई दिन्छन् । दयालाग्दो अवस्था देखेर विदेशबाट पनि उनलाई सहयोग आईरहन्छ । ‘कहिल्यै घरमै आएर सहयोग दिनुहुन्छ । कहिले हामी घरदैलोमा पुगेर सहयोग उठाउदै हिड्छौँ’, उनले भनिन् ।

अनितासंगै ६० बर्ष नाघेकी आमा जानुका पनि घरदैलो चाहार्दै सहयोग उठउदै हिँड्छिन् । ‘उपचार गराउनलाई आफुसंग सुक्को रकम छैन् । सहयोग नउठाए छोरीको उपचार हुदैन्’, गहभरी आसु भर्दै उनले भनिन्, ‘शास रहुन्जेल आश लाग्दो रैछ क्यारे । मागेरै भएपनि उपचार गराउन पाईयो भने त दुई चार दिन बढी छोरी बाँच्ली ।’

अनिताका दाजु ३८ बर्षीय अर्जुन बिस्तारामै थला छन् । सानै छदाँ घरको छतबाट खसेका उनको उपचार हुन पाएको छैन् । तीन बर्ष अगाडी सम्म घिस्रिएर दिशापिसाब गर्नलाई शौचालयसम्म जाने उनी स्यहार पाउन छाडेपछि थला परेका छन् । हर प्रहर बिस्तारमा गुजुल्टिएर बस्छन् ।

छोरोको पनि आर्थिक अभावले उपचार गराउन कठिन भएको आमा जानुकाले बताईन् । उनले भनिन्, ‘एउटीलाई त उपचार गराउन सकिएको छैन् । छोरोलाई कसरी लैजाम अस्पताल ।’ अनिताको कान्छा भाईले घर खर्च चलाउन तरकारी बेच्न गर्दछन् । बहिनीलाई भने परिवारको रेखदेखमै ठिक्क छ ।

अष्ट्रेलियाबाट सहयोग

दुबै मृगौला फेल भएर तीन बर्षदेखी थला अनितालाई अष्ट्रेलियाबाट सहयोग आएको छ । दुलेगौँडाका अनिल बसौलाको अगुवाईमा संकलित ४३ हजार ८ सय ५० रुपैयाँ शनिबार उहाँका आमा बुवा मिना बसौला र दामोदर बसौलाले हस्तान्तरण गरे । सहयोग हस्तान्तरण गर्दै बसौला दम्पत्तीले सुवेदीको स्वास्थ्य लाभको कामना गरे ।

Show More

Related Articles

Back to top button