समाचारशिक्षा

अनलाइन कक्षाको बाहाना, मोबाईलको दुरुपयोग

घटना लकडाउन सुरु हुँदा ताकाको कुरा हो । सम्पूर्ण पठनपाठन भर्चुअल रूपमै हुने भएपछि तनहँुकी १४ वर्षीया पूजा (नाम परिवर्तन) लाई भर्चुअल कक्षा लिनकै लागि परिवारले नयाँ मोबाइल किनिदिए । मोबाइल हात परेसँगै दङ्ग भएकी पूजाले हत्तपत्त फेसबुक खोलिन् । व्यक्तिगतदेखि पारिवारिक तस्वीरसम्म राख्न पाइने ! चिनजानदेखि अन्जानका मानिससँग पनि बोल्न पाइने ! पूजालाई आफूले पढ्ने गरेको बुकभन्दा फेसबुक निकै पृथक लाग्यो । भर्चुअल कक्षा लिइरहेकै समयमा पूजालाई म्यासेज आउन थाल्यो ।

आफूसँग कुरा गर्न आदेश, धम्की र दबाबयुक्त हिन्दी म्यासेज देखेर पूजा छक्क परिन् । भारतमा आफ्नो कोही आफन्त नभएकाले पूजाले सुरुमा उक्त म्यासेजलाई बेवास्ता गरिन् । पटक पटक ती व्यक्तीले म्यासेज पठाए पछि पूजाले यताबाट रिप्लाई दिन्छीन् । उनीहरुले बोल्दै जाँदा एकअर्कालाई रुचाउन्छन् । त्यसपछि उनिहरु भागेर विवाह गर्न सोचे । अनि उनिहरु भाग्छन् । घरमा बसिरहेकी पूजा अचानक हराउदाँ अभिभावकहरु डराए । त्यसपछि उनिहरुले जिल्ला प्रहरी कार्यालय तनहँुमा किशोरी हराएको निवेदन दिए ।

प्रहरीले लोकेशन ट्रयाप गर्न सफल हुन्छन् । पूजा र ती युवकलाई प्रहरीले अभिभाबकको जिम्मा लगाउछ । सो घटनालाई मध्यनजर गर्दै प्रहरीले सामाजिक सञ्जालको बढ्दो प्रयोगले दुरुप्रयोग भएको पाईन्छ । पछिल्लो समय अनिवार्यजस्तै बनेको भर्चुअल कक्षा र डिजिटल माध्यमको प्रयोगले बालबालिकाको पठनपाठन नियमित गर्ने नाममा भएका यस्ता आपराधिक गतिविधि बढेको बारे बेलैमा सचेत हुनुपर्ने मनोविद्हरू बताउँछन् ।

डिजिटल र सामाजिक सञ्जाल प्रयोग गरी अश्लील तस्वीर तथा भिडियो सार्वजनिक गर्ने, धम्क्याउने, बदनाम गर्ने र अपहरण नै गर्ने प्रवृत्ति नेपालमा व्याप्त रूपमा फैलिएको पछिल्ला साइबर घटनाक्रमले देखाएका छन् । लकडाउनको समयमा विगतको भन्दा साइबर अपराधका गतिविधि बढेको साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्रराज अर्याल बताउँछन् । उनी भन्छन्, ‘फेसबुक, ट्वीटर, टिकटकजस्ता सामाजिक सञ्जालमा यस्ता गतिविधि बढ्दो देखिन्छ ।’

ब्युरोका अनुसार लकडाउनयता हालसम्म ४३ जना बालिका र १९ जना बालक साइबर अपराधको निशानामा परेका छन् । त्यसो त लकडाउनको पहिलो महिनामा मात्रै १ सय ७२ वटा साइबर अपराध मुद्दा दर्ता भएको देखिएको छ । यो तथ्यांक गत आर्थिक वर्षमा भएको साइबर अपराधको ४८.१७ प्रतिशत हो ।

हालै सिविनले गरेको अध्ययनअनुसार २० प्रतिशत बालबालिका साइबर यौन दुर्व्यवहारको सिकार भएका छन् । तनहँु जिल्लाको तथ्याङक हेर्ने हो भने तनहँुमा लकडाउनमा मात्र २७ महिला, ६ बालिका र एक बालक हराएका थिए । जसमा अधिकांश सामाजिक सञ्जालको दुरुप्रयोगले गर्दा हराएको पाईएको छ । जसमा २५ महिला, ६ बालिका र एक पुरुष फेला परिसकेको जिल्ला प्रहरी कार्यालय तनहँुको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवाले जनाएको छ ।

सेवाकी सहायक ईञ्चार्ज सुजता कार्कीका अनुसार भेटिएका सबैलाई अभिभावकको जिम्मा लगाईएको बताईन् । उनले भनिन्,‘बढ्दो सामाजिक संजालको प्रयोगले महिला परपुरुष सँग लाग्ने, सानै उमेरमा किशोरकिशोरी भागेर विवाह गर्ने धेरै घटना यहाँ आउने गरेका छन् । हराएका महिला तथा बालबालिकालाई मनोपरामर्श गरेर अभिभावकको जिम्मा लगाउने काम हामीले गरेका छौ ।

कोभिड–१९ ले गर्दा हाल अनिवार्यजस्तै बनेको अनलाइनरभर्चुअल कक्षाले शैक्षिक गतिविधिलाई निरन्तरता दिने काम गरे पनि विद्यालयमा पढ्ने बालबालिकाहरूलाई यसले आपराधिक र अश्लील गतिविधितर्फ जानीरनजानी थप उन्मुख गराउनुका साथै जोखिम निम्त्याएको सरोकारवालाहरु बताउँछन् । महिला सशक्तीकरण सञ्चार समाजकी अध्यक्ष प्रकृती न्यौपानेले सामाजिक संजालको प्रयोग सँगै दुरुपयोग बढेको बताईन् ।

उनले बालबालिकालाई कसरी अनलाइन दुर्व्यवहारबाट सुरक्षित बनाउने भन्नेबारे नेपालमा कुनै नीतिगत प्रावधान नै नभएको बताईन् । हाल बालबालिका तथा किशोर किशोरीलाई लक्षित गरी अश्लील म्यासेज, नग्न तस्वीर, अश्लील भिडियो आदानप्रदान गर्ने गतिविधिहरू बढेको हुनाले यसलाई लक्षित गरेर सरकारले सामाजिक सञ्जाल र डिजिटल माध्यमबारे सचेतना फैलाउने कार्य गर्नुपर्ने उनको सुझाव छ ।

Show More

Related Articles

Back to top button